किन प्रतिबन्ध भएन उपत्यकामा प्लास्टिकका झोला ?
प्रकासित मिति : २०७३ माघ ६, बिहीबार ०१:११
प्रकासित समय : ०१:११
काठमाडौं , सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन । विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण विभाग र नगरपालिकाहरुले अनुगमन र कार्यन्वयनमा ध्यान नदिँदा उपत्यकामा प्रतिवन्धित प्लास्टिक झोलाको प्रयोग बढेको खबर आजको नागरिकमा छ ।
वैकल्पिक झोला नहुँदा प्लास्टिकको झोला प्रयोग गर्न बाध्य हुनुपरेको पसल संचालकहरु बताउँछन् ।
सरकारले २०७२ बैशाख १ देखि काठमाडौं उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध गरेको थियो । सुरुको केहि समय ग्राहकले आफैं झोला बन्दोबस्त गरेर किनमेल गरेपनि क्रमशः प्लास्थिककै झोलाको प्रयोग बढेको छ ।