संसारकै सबैभन्दा गहिरो गुफा जुन वर्षको चार महिना मात्रै खुल्छ

विश्वमा हामीले थाहा नपाएका धेरैभन्दा धेरै आश्चर्यजनक ठाउँहरु छन् । ती आश्चर्य ठाउँहरु मध्येको एक हो क्रुबेरा गुफा जुन अहिलेसम्मकै सबैभन्दा गहिरो गुफा हो । यसको गहिराइ देखेर रौँ पनि खडा हुन सक्छ । यसको गहिराइ २१९७ मिटर (७२०८ फिट) छ । संसारकै गहिरो गुफा क्रुबेरा गुफा ब्ल्याक सागरको तटस्थित अब्खाजिया रहेको छ ।यो गुफा हेर्नका संसार भरीबाट लागि धेरै पर्यटकहरु पनि आउने गर्दछन् । तर, यो धेरै दूर्गम ठाउँमा रहेको छ । यस गुफामा वर्षमा चार महिना मात्र जान सकिन्छ । यो गुफा १९६० मा पत्ता लागेको थियो ।


यसको अर्काे नाम भोरोन्या गुफा हो । यसको अर्थ स्थानीय भाषामा कागको गुफा भन्ने हुन्छ । किनकि पहिलो पटक १९८० मा यस गुफामा प्रवेश गर्दा यहाँ कागको गुण धेरै भेटिएको थियो त्यसैले स्थानीय भाषामा यसलाई कागको गुफा राखिएको हो ।२००१ मा यूक्रेनी स्पेलिओलाजिस्टको एक दल यस गुफाको १७१० मिटर (५६१०) फिट गहिराइसम्म पुग्न सफल भएको थियो त्यसपछि मात्रै यसलाई सबैभन्दा गहिरो गुफा घोषित गरिएको हो । योभन्दा पहिलाको गहिरो गुफाभन्दा यो गुफा ८० मिटर गहिरो थियो ।

फेरि २००४ मा युक्रेनी स्पेलियोलाजिस्टको एकदल गहिराइ नाप्न यो गुफामा गएको थियो । यो पटक उक्त दल २०८० मिटर (६८२०) गहिराइसम्म पुगेर नयाँ रेकर्ड बनायो । त्यसपछि २०१२ मा विभिन्न देशका ५९ स्पेलिओलाजिस्टको एकदल पुनः गहिराई परीक्षण गर्न गुफामा प्रवेश गरे । यो पटक उक्त दल गुफाको सबैभन्दा तल्लोभाग अर्थात् २१९७ मिटर(७२०८ फिट)सम्म पुग्न सफल भएका थिए । यो दल क्रुबेरा गुफामा २७ दिन बिताएका थिए ।