माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्रप्रति उनकै छोरीको आपत्ती

चर्चित पप गायक माइकल ज्याक्सनको जीवनमा आधारीत चलचित्रलाई लिएर उनीकी छोरी पेरिस ज्याक्सनले आपत्ती जनाएकी छिन् । ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको आपत्ती भने यस फिलिममा गोरो कलाकारलाई चोनिएको हो । जोसेफ शेक्सिपियर इन लव र एलिजाबेथ जस्ता चर्चित फिलिममा समेत काम गरिसकेका छन् । जोसेफ गोरा कलाकार हुन् तर ज्याक्सन कालो वर्णका थिए ।

उनले ट्वीटरमा यो फिलिमको तस्बिर हेरेर उल्टि गर्न चाहन्छु । यो फिलिमलाई लिएर बनाइएको अनलाइन पिटिशनलाई २० हजार भन्दा वढी ब्यक्तिहरुले समर्थन गरेका छन् ।

अरबन मिथ्समा माइकलसँग जोडिएका धेरै घटनाहरुलाई समाबेश गरिएको छ । यसमा उनको रोड ट्रिप पनि समाबेश छ, जुन उनले २००९ को हमलापछि उनी मर्लिन ब्रैन्ड र एलिजाबेथ टेलरसँग गरेका थिए । माइकलको २००९ मा ५० वर्षको उमेरमा मृत्यु भएको थियो ।