स्वास्थ्य चौकीको भवन निर्माण सुरु

रामपुर (पाल्पा), साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो ।

सो भवन निर्माणका लागि श्री थेगिम मनो जेभी कम्पनीले २०७३ साल असोज २३ मा ठेक्का सम्झौता गरी १८ महिनामा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीका ठेकेदार प्रेम पहारीले बताउनुभयो । दुईतले १२ कोठासहितको भवन निर्माण भएपछि यहाँ स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा, सुरक्षित गर्भपतन सेवा, मातृ शिशु लगायतका विभिन्न सेवा प्रवाह हुनेछ ।

स्वास्थ्य चौकी निर्माण भएपछि साँखर र गजरकोटका करिब दश हजार स्थानीयवासी लाभान्वित हुने स्थानियवासी देवराज भट्टराईले बताउनुभयो ।भौतिक संरचना बलियो नहँुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएपछि यहाँका स्थानीयवासी, राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीविको पहलमा नयाँ पक्की भवन निर्माण हुन लागेको उहाँले बताउनुभयो ।