सबै देशका प्रेस काउन्सिलबीचको सम्बन्धलाई सुदृढ बनाउन जोड

काठमाडौँ, २८ पुस । भौगोलिक, सांस्कृतिक र धार्मिकलगायत विभिन्न कारणले निकट नेपाल, भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रेस काउन्सिलबीचको सम्बन्धलाई अझै बहुआयामिक र सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित अनुभव आदानप्रदान कार्यक्रममा वक्ताले सम्बन्धलाई अझ सुमधुर बनाउनसकेको खण्डमा ती देशका देशका जनता लाभान्वित हुने बताउनुभयो । काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले चारै देशका प्रेस काउन्सिलबीच सहयोग, सहकार्य र अनुभव आदानप्रदानलाई अझै बलियो बनाउनुपर्छ भन्नुभयो ।

भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमारप्रसाद र बङ्गलादेश प्रेस काउन्सिलका अध्यक्ष ममताज उद्दिन अहमदले दक्षिण एसियाली मुलुकका प्रेस काउन्सिलबीचको एकताको आवश्यकता औँल्याउनुभयो । भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए ।