यी हुन् अर्बपति डाक्टरहरु

१. डा. प्याट्रिक सून–शियोङ (सम्पत्ति : ८ अर्ब डलर)
सन् २०१३ मा फोब्र्स पत्रिकाले प्रकाशित गरेको सूचीअनुसार दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी सर्जन प्याट्रिक सूनको कूल सम्पत्ति ८ बिलियन (८ अर्ब) अमेरिकी डलर रहेको छ । उनी मेडिकल अनुसन्धानकर्ता, सर्जन, व्यवसायी, फिलान्थ्रोपिष्टका रुपमा चर्चित छन् । उनी क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर पनि हुन् । फोब्र्सका अनुसार स्वास्थ्य उद्योगमा उनी अमेरिकाकै सबैभन्दा धनी हुन् । उनी स्तन क्यान्सरका लागि औषधिको विकास गरेको रुपमा पनि चर्चित छन् । प्याट्रिक चान सून शिओङ फेमिली फाउण्डेशनका अध्यक्ष र चान सून शिओङ इन्सिच्युट फर एडभान्स्ड हेल्थका कार्यकारी पनि हुन् ।

२. डा. ग्यारी के मिकल्सन (सम्पत्ति : १ अर्ब ४० करोड डलर)
फोब्र्स पत्रिकाका अनुसार डा. ग्यारी मिकल्सनको सम्पत्ति सन् २०१३ सम्ममा १.४ बिलियन (१ अर्ब ४०करोड) डलर रहेको छ । सन् १९४९ मा फिलाडेल्फियामा जन्मिएका उनी २५ वर्षदेखि स्पाइनल सर्जनको रुपमा काम गरिरहेको छन् । यसबीचमा उनले ११० रिसर्च पेपर पनि प्रकाशित गरिसकेका छन् । ग्यारीको सम्पत्ति उनको आविष्कारबाट प्राप्त भएको हो । उनले थुप्रै सर्जिकल सामान तथा अपरेशन गने विधिको विकास गरेका छन् । हालसम्म उनको नाममा २ सय ५० अर्थोपेडिक तथा स्पाइनल सर्जरीका लागि आवश्यक उपकरण तथा विधिमा पेटेन्ट छ । अझैं पनि ९५० भन्दा बढी उपकरण तथा विधिहरु पेटेन्ट दर्ताका क्रममा छन् । थुप्रै वर्षदेखि उनी नेशनल इन्भेटर अफ दि इयरको फाइनलमा पुगेका छन् । स्पाइनल डिस्अर्डरको उपचारमा योगदान पु¥याएवापत् उनले २००६ मा प्यारालाइज्ड भेट्रान्स अफ अमेरिका अवार्ड पाएका थिए ।

३. डा. लियोनार्ड हचस्टीन (सम्पत्ति :२ करोड डलर)
मियामीमा रहेर कार्य गर्ने लियोनार्ड हचस्टीन पनि प्लास्टिक सर्जन हुन् । सन् २०१२ सम्म उनको सम्पत्ति २० मिलियन (२ करोड) डलर पुगेको थियो । १५वर्षदेखि प्लास्टिक सर्जनको रुपमा काम गरिरहेका उनको विशेषज्ञता शरीर तथा अनुहारलाई नयाँ रुप दिने र स्तनको आकार बढाउनेमा छ । लियोनार्ड मियामीका सफल र चर्चित प्लास्टिक सर्जनमध्येमा पर्छन् । उनले अहिलेसम्म १० हजारभन्दा बढी सौन्दर्य सर्जरी गरिसकेका छन् ।

४. डा. गार्थ फिशर (सम्पत्ति : १ करोड ५० लाख डलर)

बेभर्ली हिल्स कार्यथलो बनाएका डा. गार्थ फिशरको कूल सम्पत्ति १५ मिलियन (१ करोड ५० लाख डलर) रहेको छ । सन् १९५८ मा मिसिसिपीमा जन्मिएका उनले युनिभर्सिटी अफ मिसिसिपीबाट सन् १९८० मा बिए र सन् १९८४ मा एमडी गरेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियामा इन्टर्नशिप, जनरल सर्जरी रेसिडेन्सी र प्लाष्टिक सर्जरी रेसिडेन्सी सकेका उनी अहिले बेभर्ली हिल्समा काम गर्छन् ।

उनी विश्वकै चर्चित प्लाष्टिक सर्जनमा पर्छन् । अनुहार, नाक, स्तन तथा शरीरको सौन्दर्य तथा प्लास्टिक सर्जरीमा उनको विज्ञता छ । उनले कलाकार, सेलिब्रिटी, व्यवसायी तथा फिजिसियनको सर्जरी गरिसकेका छन् । उनी एबीसी टेलिभिजनको श्रृंखला एक्स्ट्रीम मेकओभरसंग पनि संबन्धित छन् ।

५. डा. रबर्ट रे (सम्पत्ति : १ करोड ५० लाख)

ब्राजिलीयन प्लास्टिक सर्जन रबर्ट रेको कूल सम्पत्ति १५ मिलियन (१ करोड ५० लाख) डलर रहेको छ । उनी थुपै्र टेलिभिजन विज्ञापनमा खेलेका छन् भने फिल्म ‘सेसेन’ मा मेडिकल कन्सल्ट्यान्टको रुपमा देखिएका छन् । बलिउड फिल्म ‘अमेरिकानाइजिङ शेली’ मा अभिनय गरेका रबर्ट रे रियालिटी सिरियल ‘डा.९०२१०’ मा पनि देखिएका छन् । सन् १९९० मा औषधि विज्ञानमा एमडी गरेका उनी कलाकार, वैज्ञानिक तथा लेखकको रुपमा प्रख्यात छन् ।

६. डा. मेहमेत ओजेड (सम्पत्ति : १ करोड ४० लाख डलर)

१४ मिलियन (१ करोड ४० लाख) डलरका मालिक डा. मेहमेत कार्डियोथोरासिस सर्जनका रुपमा प्रख्यात छन् । यसका साथै उनी टीभी प्रस्तोता र लेखक पनि हुन् । उनको वार्षिक तलब सन् २०१२ मा ४० लाख डलर थियो । उनले ४ सयभन्दा बढी मेडिकलसंबन्धी पुस्तक, रिसर्च पेपर लेखेका छन् । युः दि ओनर्स म्यानुअल, हिलिङ फ्रम दि हर्ट, यु : दि स्मार्ट प्यासेन्ट उनका चर्चित पुस्तक हुन् ।

७. डा. पौल नसिफ : १४ मिलियन (१ करोड ४० लाख)

डलरको सम्पत्ति भएका डा. पौल राइनोप्लास्टी विशेषज्ञ हुन् । उनी फेसियल प्लास्टिक सर्जरी र रिकस्ट्रक्टीभ सर्जरीका लागि विश्वप्रसिद्ध नै छन् । अझ उनी अनुहारका लागि उपयुक्त देखिने नाक बनाउने सर्जरीका लागि त चर्चित नै छन् । उनले फेसियल प्लास्टिक तथा रिकन्स्ट्रक्टीभ सर्जरीसंबन्धी थुप्रै लेखहरु प्रकाशित पनि गरिसकेका छन् । उनी युनिभर्सिटी अफ साउद्रन क्यालिफोर्नियाको स्कुल अफ मेडिसिनमा पनि पढाउछन् ।

८. डा. जेम्स एन्ड्र्युस (सम्पत्ति : १ करोड डलर)

हाल स्पोर्ट्स मेडिसिन एण्ड स्पोर्ट्स मेडिसिन एण्ड अर्थोपेडिक सेन्टरमा आबद्ध रहेका डा. जेम्स एन्ड्र्युस एक फिजिसियन हुन् । उनको कूल सम्पत्ति सन् २०१२ सम्ममा १ करोड रहेको छ । उनी विश्वकै चर्चित सर्जन मानिन्छन् । काँध, कुहिना तथा घुँडाको सर्जरीमा उनको विशेषज्ञता छ । उनले थुप्रै विश्वचर्चित सेलिब्रिटीको सर्जरी गरिसकेका छन् । केभिन स्मीथ, टम ब्राडी, ड्र्यु बी्रस, अल्बर्ट पुजोल्स, सिएम पङक, माइकल मूर, टोरी बुसजस्ता खेलाडी तथा कलाकारको सर्जरी गरेका छन् ।
स्रोत : एजेन्सि