भूकम्प पीडितलाई पीडा दिने ज्ञवाली एक्कासी बालकोटमा

काठमाडौँ – भूकम्प पीडित जनताले हाल सम्म पनि प्रभावकारी रुमपा राहत पाउन सकेका छैनन् । सरकारले राहतको विभिन्न प्याकेज घोषणा गरेको छ । तर पुनः निर्माण प्राधिकरणमा नियुक्त गरिएका अक्षम प्रमुख कार्यकारी अधिकृतका कारण पीडित जनता चिसोमा रात कटाउन वाध्य भएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको छ ।

राहत रकम विभिन्न एनजिओ र आइएनजिओको कार्यक्रममा खर्च गरेर कागज मात्रै बनाएर बसेका शुसील ज्ञवालीलाई सरकारले वर्खास्त गरेको हो । उता बर्खास्त गरिए पछि अदालत नै प्रयोग गरेर भए पनि सरकारलाई देखाइछाड्ने मनसायका साथ एमाले परिचालित भएको बताइन्छ । एमालेका केही नेताहले ज्ञवालीलाई सरकारले हटाए पनि अदालतबाट मिलाएरै भएपनि पुनः स्थापना गर्ने आश्वासन ज्ञवालीलाई दिएका छन् ।
सरकारले दुई पटक ज्ञवालीलाई स्पष्टिकरण सोधपछि ज्ञवालीले एमाले निकट वकिल भनेर चिनिएका चन्द्रकान्त ज्ञवाली, शम्भु थापा,पूर्व महान्यायाधिवक्ता रहेका युवराज संग्रौलालगायतलाई लाइन लगाएर विहीवार खड्ग ओली निवास बालकोट पुगेका थिए ।

ज्ञवालीले रुऔला झै गरेर ओलीका सामु मलाई हटाए न हजुर लौ न केही त गरिदिनु प¥यो नी भन्दै गुनासो गरेका थिए । ओली ले त्यसो भनी रहदा एक एमाले बकिलले तिमी चिन्ता नमान अदालतमा हाम्रै मान्छे छन् , त्यही बेन्चमा मुद्दा पारेर तिमीलाई जिताऔं छौ, तिमी सरकारले भनेको नमान, हामीले भने अनुसार गर न भन्दै थामथूम पारेर पठाएको बालकोट स्रोतले जानकारी दिएको छ ।

सरकारले पीडितका लागि भनेर विनियोजन गरेको रकममा समेत ज्ञवालीले भोज भतेर गर्ने गरेका थिए । प्राधिकरणमा नियुक्त गरिएका अधिकाशं कर्मचारी एमाले निकटका रहेका छन् । उनीहरुको काम भनेको सरकारलाई कसरी असफल बनाउने र सरकारको निर्देशनलाई कसरी कार्यान्वयन नगर्ने भन्ने विषयमा खोजविन गर्ने भन्दा अरु नरहेको आजको जन-आह्वानमा खबर छ ।