कमाउ अड्डमा मान्छे सेटिङ गर्दै सचिव टंकमणि

काठमाडौँ ,एकपछि अर्को गर्दै विवादमा फस्दै आएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माले पछिल्लो पटक कमाउ अड्डा नापी, मालपोत, भन्सारमा आफ्ना विश्वासपात्रलाई जसरी भएपनि ल्याउने मनसायका साथ गतिविधि गरिरहेको जन-आह्वान साप्ताहिकमा खबर छ
आफूलाई प्रधानमन्त्रीपछिको मान्छे भएको डिंग हाक्दै सचिव शर्माले जसरी भएपनि आफ्ना मान्छे भन्सार, नापी तथा मालपोतमा राख्ने भन्दै हर्कत सूरु गरेको बताइन्छ । सधै शक्तिमा रहन सकिदैन, भएको बेलामा नगरेर के गर्ने होर भन्दै सचिव शर्माले मुलुकका केही महत्वपूर्ण स्थानमा आफ्ना हनुमानलाई भर्ती गराएर उठती धन्दा चलाउने बताएका छन् । उनले त्यसका लागि विभिन्न शक्ति केन्द्रको समेत परिचालन गरेको बताइन्छ । बालकोट निवाससँग प्रत्यक्ष सम्पर्क रहेका शर्माले काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत आफू हजुरकै मान्छे भएको भन्दै मन्त्रणा गरिसकेको बताइन्छ ।

उता सचिव शर्माले माओवादीले सम्हालेका आठ मन्त्रालयको वितृत विवरण तयार पार्न र दिनभरको प्रतिवेदन बुझाउन आफ्ना केही सुराकी परिचालन गरेको स्रोतको दावी छ । सरकारी कागजात र महत्वपूर्ण निर्णय शक्तिकेन्द्रलाई उपलब्ध गराउँदै आएका सचिव शर्माले पछिल्लो पटक दिनेशकुमार थपलियासँग मिलेर सरकार असफल बनाउने प्रपञ्चका साथ काम गरेको बताइन्छ ।

उता सचिव शर्माले महत्वपूर्ण सूचना चुहाएको भन्दै उनलाई मुख्य सचिव डा सोमलाल सुवेदीले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको बताइन्छ । सरकारलाई असफल बनाउने, असजिलोमा पार्ने, प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्यन नगराउने काममा उनै सचिव शर्माको हात रहेको बताइन्छ । आगामी फागुनमा रिटायर हुन लागेका सचिव शर्माले सो अगावै हालका मुख्य सचिव डा सुेवेदीलाई महालेखापरिक्षक बनाएर आफू तीन वर्षका लागि मुख्य सचिव बन्ने इरादाका साथ काम गरिरहेको बताइन्छ ।
उता खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय भने सचिवको पदमा बसेर सरकारलाई गादी गर्दै बस्ने कामलाई निरन्तरता दिएका छन् । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा वर्तमान सरकारलाई हदैसम्मको तल्लो स्तरमा उत्रेर सचिव उपाध्यायले स्टाटस राख्ने गरेका छन् । राज्यमन्त्री दिपक खड्कालाई रिझाएर खानेपानीको ट्यांकरवालासँग कमिसन बुझने खेलो फडेकोमा सचिव लागेको बताइन्छ । आजको जन-आह्वान साप्ताहिकमा खबर छ ।