चाडपर्वको विदा कटौतीप्रति मुस्लीम समुदायको बिरोध,सौतेनी ब्यवहार गरेको आरोप

बिज्ञप्तिसहित

कृष्णनगर, अल्पसंख्यक मुस्लिम समुदायको चाडपर्वमा विदा कटौती प्रति मदरसा संघ नेपालले बिरोध गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ काे पुस्तकालयमा बसेकाे बैठकले बिराेध गरेकाे हाे ।

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा अब्दुल गनी अलकुफीको अध्यक्षतामा मंगलवार बसेको बैठेकले नेपाल सरकारले हालमात्र राजपत्रमा गृहमंत्रालयको सुचनानुसार विक्रम संम्बत २०७७ बैशाख १ गते देखि चैत्र मसान्तसम्मा देशभरीका विदाको सूचना प्रति विरोध गरेको हो ।

नेपालमा रहेका अन्य अल्पसंख्यक समुदायको चाड पर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्वहरुमा सार्वजनिक विदा नगरि नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदाय प्रति सैतेला व्यवहार गरेको आरोप लगाएको छ ।  संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो । नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएको ।
५ नं प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले बताउदै भने । 

दशैं, दिपावली जस्तै ईद ईदुल फित्र, ईदुल अज्हा र मोहम्मद डे स अ  नेपालकै लाखौं मुस्लिम समुदायले मनाउने चाड हो । ईद, बक्रईदहरू नेपालको राष्ट्रिय चाड किन नहुने गुनासो पोक्दै समूहिक प्रेस व्यक्ति समेत जारी गरेका छन । 

यस्ताे छ बिज्ञप्ति