समाचार Archive

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४८
पोखरा, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट फर्किएका

बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, भेटिएनन् बम्जन
काठमाडाैँ, आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ । प्रहरीले उनको आश्रममा छापा मारेको यो तेस्रो पटक हो। हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
काठमाडौं, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) प्रतिनिधि र राष्ट्रियसभा दुवैबाट सर्वसम्मत पारित विधेयकलाई प्रमाणित गरेसँगै यसले संवैधानिक मान्यता पाएको हो ।

भेरी अस्पतालको अनियमिततामा अख्तियारको छानविन
नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग

भालुवाङमा ब्यामशाला बनाउने नाममा सामुदायिक वन अतिक्रमण
भालुवाङ, दाङको भालुवाङमा जिम घर (ब्यामशाला) बनाउने नाममा सामुदायिक वन अतिक्रमण गरिएको छ । देउखुरी स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङमा वन अतिक्रमण भएको स्थानीयबासीले बताएका हुन । राप्ती गाउँपालिकाको अगुवाईमा राप्ती गाउपालिका वडा नम्बर १
भालुवाङबाट लागुऔषध सहित एक जना पक्राउ
तुलसीपुर, दाङकाे भालुवाङबाट लागुऔषध अफिम सहित एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार ५ किलो २५० ग्राम लागु औषध अफिस सहित राप्ती गाउँपालिका वडा नं. १ भालुवाङका ३४ बर्षीया राजकुमार पुनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय

दाङमा थप ३ जना कोरोना संक्रमण, नौ स्थानीय तहमा फैलियो कोरोना
दाङ, दाङमा आज बिहीबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै शान्तिनगर गाउँपालिकामा

कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२२४
सुर्खेत, कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्तकको संख्या २२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चम कैलालीका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका– २की ४३

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८
काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

