समाचार Archive

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८

काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘१० अर्बको जवाफ’ प्रधानमन्त्री भन्छन् : कतिलाई हिसाब चाहिएको छ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए ।

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडाैं, नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त

अब भारतले दार्जिलिङ पनि फिर्ता दिनुपर्छ – दीनानाथ शर्मा

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले नेपाललाई भारतले दार्जिलिङ पनि सगौरव फिर्ता दिनुपर्ने बताएका छन् । बिहीबार लिम्पियाधुरासहितको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको राष्ट्रिय

अछाममा कोरोना संक्रमित संख्या ५१ पुग्यो

अछाम, अछाममा कोरोना संक्रमित को संख्या ५१ पुगेको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा आज २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेसगै कुल संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालय अछाम ले बताएको छ

कुशे गाउँपालिकाद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट, कुशे गाउँपालिकाले हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरेको छ ।  बिहीबार कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकाय (बस्नेत)को हेलिकोप्टरबाट उद्धार गरिएको हाे। अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको

गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२४

पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबैजना

जहाँ पृथ्वीको सबैभन्दा स्वच्छ हावा पाइन्छ

एजेन्सी, पहिलोपटक वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा स्वच्छ हावा भएको ठाउँ पत्ता लगाएका छन् जहाँको वायु मानव गतिविधिका कारण उत्पन्न फोहोरका कणहरुरहित भएको बताइएको छ । सो क्षेत्र एन्टार्टिकाको आसपासमा दक्षिण समुद्रतर्फ अवस्थित रहेको उनीहरुले बताए । कोलोराडो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, ८१ जना डिस्चार्ज

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज

काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोवेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको छ । सरकारले उच्चस्तरीय समिति खारेज गरी कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई नै थप सक्रिय बनाउने निर्णय गरेको