समाचार Archive

नदीमा हराएका युवक मृत भेटिए
बुटवल, नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार

हङकङमा ठूलो राजनीतिक संकट, राजीनामा दिने मनस्थितीमा क्यारी लाम
काठमाडौं, हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सहरमा राजनीतिक संकट सुरु गराएर आफूले ‘माफ दिन नमिल्ने खालको विध्वंस’ गरेको भन्दै यदि मिल्थ्यो भने पदबाट राजीनामा दिने मनस्थिती रहेको बताएकी छिन् । व्यापारीहरुको एउटा समुहसँग गत साता गरेको

एटिएम लुट प्रकरण : भारतीय रिजर्भ बैंकको चासो
काठमाडौं, चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ

वैदेशिक रोजगारीमा जानको लागि बैंक खाता अनिवार्य
काठमाडौं, वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको

जहाज उडाउन सिकाइरहेका प्रशिक्षक आकाशमै बेहोस्
काठमाडौं, प्रशिक्षक आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन् । पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।

जहाँ एउटै रूखले गर्यो सडक निर्माणमा अवरोध
बारा, वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ । एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध

खसीबोका आयातमा कडाइ, दशैमा मासु महङ्गिने संकेत
काठमाडौं, सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ ।व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २००

यमनमा भयङ्कर हवाई हमला, ५० भन्दा बढी बन्दीहरु मारिए
एजेन्सी, यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा

श्रीमतीले गरिन् गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्धा दर्ता
बुटवल, प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्धा दायर गरेकी छन् । उनकी श्रीमती सीता केसीले आफु हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत जिल्ला

कानुन संकायका विद्यार्थीद्धारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न
नेपालगन्ज, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुक साथै केही