समाचार Archive

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने
राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१

बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो
मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो ।

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था
वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ । बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा

उपसचिव सवार जीप सप्तरीमा दुर्घटना
सप्तरी – प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना भएको छ । जीप सप्तरीको शम्भुनाथमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ का सचिवालयमा प्रवक्ताको समेत जिम्मेवारीमा

कारको टायरमा गोली हानी गाँजा तस्कर पक्राउ
काठमाडौँ, गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेको छ। मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो । बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२,
काठमाडौं ,कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन । बीबीसीका अनुसार अहिलेसम्म ५ हजार ९ सय

सुर्खेत तनावग्रस्तः प्रहरीद्वारा हवाई फायर, ८ जना घाइते
सुर्खेत,सुर्खेतको विरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा
काठमाडौं,अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

६ दिनअघि हराएका थापाको शव भेटियो
गोरखा, गत बिहीबारदेखि हराएका शहीद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षीय काजिराम थापाको शव फेला परेको छ। थापाको शव मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी