समाचार Archive
नयाँ पेट्रोलपम्प सञ्चालन फागुनभित्रै
नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुयाएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपामा छलफल
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे छलफल भएको छ । शनिवार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ । यद्दपी

आगलागीमा जलेर एकजनाको मृत्यु
स्याङ्जा , स्याङ्जाको विरुवा गाउँपालिकामा आगलागीमा जलेर एकजना वृद्धको ज्यान गएको छ। आगलागीमा परी विरुवा-४ घोप्टेका ८२ वर्षीय जितबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङ सुतिरहेको बेलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। उनी प्यारालाइसिसका

प्रधानमन्त्री ओलीको विकल्प खोज्ने अवस्था आयो : नैनसिंह महर
काठमाडौं , नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको मतियार भएको भन्दै विकल्प खोज्ने अवस्था आएको बताएका छन् । नेविसंका पूर्व अध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौको भ्रष्ट्राचारमा सरकारको संलग्नता

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग
कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क

प्रहरीलाई लक्षित गरी राखेको बम डिस्पोज
बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले

चार वर्षदेखि थन्किए, आफू मरेर यात्रु बचाउने चालकद्वयका शालिक
बाँके, एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्यो। कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा

पशुपतिमा सजाइएका फूल रातारात गायब
काठमाडौं,महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ । बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास कोषका सदस्य

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास
रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले

महाशिवरात्रीमा हराएका २ सय ३३ जनालाई आफन्तको जिम्मा लगाइयो
काठमाडौं,नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २ सय ३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय

