मुख्य समाचार Archive

क्रसर उद्योगीसामु सरकार लाचार
प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्।

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई
काठमाडौं, कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक

नेकपा स्थायी कमिटी बैठक आज, ओलीको सहभागिता अनिश्चित
काठमाडौ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आआफ्ना राजनीतिक

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं,लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा
भैरहवा ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् । विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते
डोटी, डोटीमा शनिबार मध्यराति जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा
अनेरास्ववियूका नेतामाथी आक्रमण गर्ने एकजना पक्राउ
नेपालगन्ज, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका बाँके जिल्ला कमिटी सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य मानवमाथी आक्रमण गर्ने एक युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार

नेकपाको सचिवालय बैठक सम्पन्न ओली-प्रचण्डको प्रस्ताव स्थायी समितिमा लैजाने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टापछि सकिएको हो । बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

नेपालमा थप १ हजार २४ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

