फेसबुक म्यासेन्जरमा समस्या

काठमाडौं, विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् ।

डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन ।