मुख्य समाचार Archive

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा
दैलेख, बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर

अवैध सम्बन्धबाट जम्मिएको शिशुको घाँटी निमोठेर हत्या
बैतडी, नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।जिल्ला अदालतका न्यायाधीश लीलबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका

बादलको गर्जन- तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भयो
काठमाडौँ, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित बनेको बताएका छन् ।उनले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र

अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने
एजेन्सी, बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन् । ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।

यसकारण विप्लवका युवाहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
नेपालगन्ज, विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको छ।नेकपा र सरकार बिचमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र जेलमा बन्दी जीवन बिताइरहेका पार्टीका नेता/कार्यकर्ताहरूको यथाशीघ्र रिहाईको लागी धर्ना

सुर्खेतमा गाडी दुर्घटना, ११ घाइते, ५ को अवस्था गम्भीर
विरेन्द्रनगर, वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा घाइते

३ किलो सुनका गहनासहित २ पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फको ब्यागेज क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।३ किलो ३ सय ६० ग्राम सुनका गहना भेटिएपछि कैलालीको बर्दगोरिया–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम–२ का ४७ वर्षीय

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ
वीरगन्ज, पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती
काठमाडौं, के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर

चोरीका १६ मोटरसाइकलसहित छ पक्राउ
काठमाडौं, जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका

