मुख्य समाचार Archive

कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै संसद् विघटन हुने
काठमाडौं, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा

शान्तिपूर्ण निकासका लागि जेनजी पुस्तालाई प्रचण्डको १० बुँदे अपिल !
काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्तालाई शान्तिपूर्ण निकासका लागि अपिल गरेका छन् । जेनजीको दुई दिनको आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रचण्डले यस्तो आह्वान गरेका हुन् । प्रचण्डको अपिलमा भनिएको

सत्ता संकटबीच चीनको भनाइ : स्थिरता बिना नेपाल असुरक्षित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै नेपाल गहिरो राजनीतिक संकटमा फसेको बेला चीनले पनि औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै भनिन्, “आशा

जेन-जीको रेजाईमा : सुशीला कार्की, सरकारको नेतृत्व लिन तयार
काठमाडौँ, अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् । जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए । उनीहरूले यो निचोड

नयाँ सरकार गठनका लागि छलफल र परामर्शमा जेनजी
नयाँ सरकार गठनका लागि जेनजी पुस्ताले छलफल र परामर्श अघि बढाएका छन्। समाजमा निष्पक्ष छवि भएको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनेबारे उनीहरुले भर्चुअल माध्यमबाट छलफल थालेका छ्न । नयाँ सरकारको नेतृत्वका लागि धेरैले पूर्वप्रधान्यायाधीश सुशीला कार्कीको

देशभित्रका सबै शक्तिसँगको समन्वय र सहकार्यबाट निकास खोज्नुपर्छ : उप्रेती
काठमाडौं । वरिष्ठ समाजसेवी एवम राजनीतिज्ञ शोभित उप्रेतीले परिवर्तित राजनीति अवस्थामा बढ्दो अन्योल चिर्न मुलुक भित्रकै शक्तिहरुसंग छलफल , समन्वय र सहकार्य आवश्यक रहेको बताएकाछन् । प्रधानसेनापति र जेनजीबिच वार्ता चलिरहेकाबेला आफ्नो धारणा सार्वजनिक गर्दै उनले

रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए

राज्यको बर्बर आतंक र नरसंहारप्रति अखिल (क्रान्तिकारी) बहुमतको भर्त्सना
काठमाडौं । अखिल (क्रान्तिकारी) बहुमतले काठमाण्डौ उपत्यका र देशका अन्य मुख्य सहरहरूमा आयोजित शान्तिपूर्ण जेएन्जे समूहको आन्दोलनमाथि फासिवादी ओली–देउवा सरकारले गोली चलाएर करिब दुई दर्जन निहत्था युवा विद्यार्थीहरूको हत्या र सयौँ घाइते बनाएको घटनाप्रति गम्भीर आपत्ति

१९ जना जेनजीको हत्या इतिहासकै क्रूर नरसंहार, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी केन्द्र
काठमाडौं । सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रेका जेनजी पुस्ताका १९ जना युवाहरूको निर्मम हत्या पछि, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा मागेको छ। प्रचण्ड निवास, खुमलटारमा बसेको आकस्मिक पदाधिकारी बैठकले

गृहमन्त्री लेखकले दिए पदबाट राजीनामा
काठमाडौं । सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्यधिक बल प्रयोगपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोही दिन प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरूले उनको राजीनामा मागेका थिए। विशेषगरी नेता डा. शेखर