मुख्य समाचार Archive

बाँकेमा ८१ जना युवाहरु सतारूढ नेकपामा प्रवेश
नेपालगन्ज,बाँकेमा करिब ८१ जना युवाहरू सतारूढ नेकपा बाँकेमा प्रवेश गरेका छन । आईतबार नेपालगँज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन । नेकपा २० नं. वडा कमिटिले आयोजना

डायलासिसका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार अपरान्ह ४ बजे उनी ग्राण्डी अस्पताल पुगेका हुन । स्राेतका अनुसार ओली डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल पुगेकाे
विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ
बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद

देउवाको अभिव्यक्तिः कांग्रेसलाई संकट, नेकपामा आक्रोश
काठमाडौं, नेपाली नेताहरु राष्ट्रियताजस्तो गम्भीर विषयलाई समेत कहिलेकाँही भाषणको विषय बनाइदिन्छन्, र आलोचनाको पात्र बन्छन् । नेपाली नेताहरु राष्ट्रियताका विषयमा एकजुट नभएकै कारण नेपालको हजारौं हेक्टर जमिन भारतले कब्जा गरेको चर्चा र आक्रोश बेलाबेलामा उठ्ने गरेको

पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ ,पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन्। पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो। पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार हुँदै छ भन्ने

मर्निङवाकमा निस्केका डाक्टरलाई बानेश्वरमा गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु
काठमाडौँ । आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए । तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन्
भक्तपुर क्यान्सर अस्पतालमा झडप
भक्तपुर,भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महाबौद्धबाट गुम्बाको मूर्ति चोरी
काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए

न्युरोडबाट सात जना जुवाडे पक्राउ
काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,
जन्ती बस दुर्घटना एक जनाको मृत्यु, ४० घाइते १७ को अवस्था गम्भीर
धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस

