देश Archive

अनिश्चितकालका लागि भारतसँगको सीमा सिल

काठमाडौं, सरकारले भारतसँगको सीमा अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो । भारतले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

अब विदेशबाट आएका व्यक्ति लुकाउनेलाई पनि कारवाही !

काठमाडौं, सरकारले पछिल्लो समय विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा लुकाउने व्यक्तिलाई समेत कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्थ तथा सूचना

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं , सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो।

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं,काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगी लगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग

अझै कडा गर्दै लकडाउन, वैशाख १० सम्म लम्ब्याउने तयारी

काठमाडौं,सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ । मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद्

काठमाडौंमा एकै परिवारका तीनजनामा कोरोना आशंकापछि अस्पताल लगियो

काठमाडौं,काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल लगिएको छ । चैत ३ गते बेलायतबाट आएको परिवारमा कोरोना संक्रमणको आशंका गरिएको हो । र्‍यापिड डायग्नोस्टिक

नयाँ वर्ष २०७७ सुरु, एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं, आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ । नयाँ बर्ष २०७७ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष

नेपालमा फेरि एक जनामा भेटियो कोरोना, पुनः परीक्षण गरिँदै

काठमाडौं,नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। बागलुङमा द्रुत पहिचान परीक्षण अर्थात र्‍यापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरि (कोभिड–१९) को संक्रमण देखिएको हो। जिल्लाको काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका साथीको ज्यान

काठमाडाैं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन

विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण

वीरगञ्ज, पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको