देश Archive
सर्वोच्चद्वारा संसद् विघटनको निर्णयमा कारण देखाउ आदेश जारी
काठमाडौं, सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित

इजरायलमा पुनः लकडाउन
एजेन्सी, कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य

कारको ठक्करबाट बालकको मृत्यु
डोटी, जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका

प्रतिनिधि सभा भंगविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको संस्थापन पक्षले माइतीघर मण्डलमा प्रदर्शन गर्न थालेका छन्। शुक्रबार बिहान उनीहरुले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत

मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । रिक्त रहेका ७ मन्त्रालयमा प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै ओली समूहका प्रवक्ता
प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, फकाउन सफल भए ओली
राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ ।यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् ।

प्रचण्ड–नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले प्रचण्ड–नेपाल समूहका गतिविधिको राजनीतिक

इसाई धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै
काठमाडौं, येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा

अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष सिंह रिहा
वुटवल, अनेरास्ववियू (क्रान्तीकारी) का पुर्व केन्द्रीय अध्यक्ष तथा विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले रिहा भएका छन् । उच्च अदालत बुटवलले नेताद्धय सिंह र आलेलाई रिहा गर्न

मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुन्छ : प्रवक्ता ज्ञवाली
काठमाडौं, केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा सरकार रहेको जानकारी दिएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने

