देश Archive

इन्द्रसरोवरको जलाशय सतह बढ्यो

काठमाडौं, कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर

डडेल्धुरा पुगेर देउवामाथि नै खनिए कोइराला

डडेल्धुरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीमा व्यक्ति हाबी भएको आरोप लगाएका छन्। आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। देउवाप्रति लक्षित

१० जिल्लाका सिडियोको सरुवा

काठमाडौं, गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रवार प्रजिअहरुको काज सरुवाको निर्णय गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको

दशौं राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन

काठमाडौं,आउँदो मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।

अनेम संघ (एकिकृत समाजवादी) सुर्खेतको भेला सुरु

सुर्खेत, अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) सुर्खेतको जिल्ला भेला तथा प्रथम बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । भेलाको उद्घाटन शर्तलाई सम्बोधन गर्दै खाँडाचक्र नगरपालिका कालिकोटका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विजया विष्टले पछिल्लो समयमा

नेपालगन्जको जमुनाह नाका आजबाट पुर्णरुपमा सुचारू 

नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाका आजबाट खुलेको छ । पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण मानिएको नेपालगन्जको जमुनाह नाका आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको हो । कोरोना महामारीका कारण केही समयदेखी नाकामा पैदलयात्रुलाई आउजाउ गर्ने बाहेक पुर्ण

युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दीपक बुढाथोकी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन, युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलबाट अध्यक्षमा दीपक बुढाथोकी चयन भएका छन् ।आईतबार कोहलपुरमा सम्पन्न सम्मेलनले दीपक बुढाथोकीको नेतृत्वमा २३ सदस्य जिल्ला समिति निर्वाचित गरेको हो ।जसको

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरू सहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए । दाहाल निवास खुमलटारको

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ

माओवादी एकताको प्रस्ताव गर्ने प्रचण्डलाई विप्लवको जवाफ- पहिले संसदीय राजनीति त त्याग्नुस

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कडा जवाफ फर्काएका छन् ।पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गरेर आउन आग्रह गरेका छन् ।