विश्व Archive

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल
काठमाडौँ,धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…
काठमाडौं , बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत

अफगानिस्तानको विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु
एजेन्सी, अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। सोमबार दिउँसो भएको आक्रमणमा १९ जनाको मृत्यु भएको र २२ जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्। अधिकारीहरुका अनुसार आक्रमणमा तीन जना हतियारधारी सहभागी थिए।

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण
काठमाडौँ, भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण
एजेन्सी, इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण सुरु भएको अधिकारीहरूले बताएका छन् । ‘हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघ्यो
काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार

अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान !
एजेन्सी, अमेरिकी नागरिकले जुनसुकै स्थानबाट मतदान गर्न पाउने व्यवस्थाको एक अन्तरिक्ष यात्रीले पनि उपयोग गरेकी छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि चलिरहेको अग्रिम मतदानमा अन्तरिक्षबाटै एक मतदाता सहभागी भएकी छन् ।

बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा
एजेन्सी, बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी

यसकारण गेललाई आईपीएलले तिरायो जरिवाना
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)ले किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना तिराएको छ ।युएईमा जारी १३औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँग शुक्रबार रातिको खेलमा सतक बनाउन एक रनले चुकेपछि रिसाएर ब्याटलाई भुईमा फ्यालेका गेललाई जरिवाना

टर्की र ग्रीसको सीमामा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु
एजेन्सी, टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार