पत्रपत्रिका Archive

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने
म्यानमार, दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो ।

कैलालीमा २५ वर्षीय युवकको घाँटी थिचेर हत्या
कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका–७ मा एक युवाको हत्या भएको छ । २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ

उत्तर कोरियाली नेता किम जोङ उनले भने- अजेय सैन्य शक्ति निर्माण गर्छौं
काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनले अजेय सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै किमले सैन्य शक्तिलाई अहिलेको भन्दा पनि शक्तिशाली बनाउने घोषणा गरेका हुन् । आफ्नो

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई विशेष पूजा गरिदै
काठमाडौं,आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा

घट्यो सुनको मूल्य
काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन

नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना
काठमाडौं, नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा

पाइला-पाइलामा लुटिन्छन् बेरोजगारीबाट फर्किने नेपाली
काठमाडौं, बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ। डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका

हिरासतमा रहेका थुनुवाको मृत्यु हुदा प्रहरी र स्थानीयबीच झडप
सुनसरी, प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि झडप समेत भएको छ। ढुंगामुडापछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत

शाहरुख खानका छोराको जमानत निवेदन अदालतद्वारा अस्वीकार
मुम्बई(दैनिक जागरण), लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय

छोरी जन्माउने आमालाई सम्मान
काभ्रे, नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा