पत्रपत्रिका Archive

थवाङ्ममा विप्लव सहित कांग्रेस, एमाले बिच गठबन्धन
रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको समुहबीच गठबन्धन भएको छ ।कांग्रेस, एमाले, विप्लव नेकपाका स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो ।

बाघको आक्रमणबाट माहुतेको मृत्यु
काठमाडौं, बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ। बारा कोल्बी नगरपालिका–१ घर भएका अन्दाजी २२ २३ वर्षका रमेश चौधरी थारुको हात्तीसार केन्द्रमा कार्यरत रहेकै अवस्थामा बाघले आक्रमण गरेको हो।

भिरबाट लडेर एक मृत्यु
बाग्लुङ, बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा

बालेन शाहमाथि केशव स्थापितको अराजनीतिक टिप्पणी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भनेका छन् । ‘एउटा फुच्चे भन्ने

आणविक शक्तिलाई निरन्तरता दिने किमको उद्घोष
प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जनसेना (केपिए) स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन्।‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास

अनलाइन जुवा खेल्ने २२ चिनियाँ नागरिक पक्राउ
काठमाडौं, नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्रबार बेलुका ठमेल, नयाँबजार, बानेश्वरलगायतका क्षेत्रमा छापा मारी अध्यागमन र प्रहरीले चिनियाँ नागरिकलाई

निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गरिने
काठमाडौं, सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ। गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत

अमेरिकी संसदीय टोली काठमाडौंमा
काठमाडौं, चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली काठमाडौं आइपुगेको छ। शुक्रबार साँझ सिनेटर किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा रहेको टोलीमा काठमाडौं आइपुगेको हो। टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी),

किम जोङले दिए टिभीमा ५० वर्ष समाचार पढेकी रीलाई दुई तले घर
एजेन्सी, उत्तर कोरियाका शासक किम जोङ उनले ५० वर्ष टेलिभिजनमा समाचार पढेर रिटायर्ड भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन्। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन-हीलाई उनले घर दिएको भिडिओ सार्वजनिक गरेका

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु
जुम्ला, जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११