समाचार Archive

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्। मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो। गृहमन्त्रीको साथमा बागलुङका सांसद देवेन्द्र पौडेल पनि छन्।

नेकपा सचिवालय बैठक ४ घण्टापछि सर्यो
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ घण्टा सरेको छ। बिहान ११ बजेका लागि तय गरिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको हो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का

गस्तीका सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा
कञ्चनपुर, गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र

ढोरपाटन बाढी–पहिरो अपडेट : चारको शव भेटियो, १७ बेपत्तामध्ये १३ को परिचय खुल्यो
बागलुङ, बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ । अझै १३ जना मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका
अब उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने
काठमाडाैँ, निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले

कोरोना महामारीबीच कामको खोजीमा भारत जानेको लस्कर बढ्यो
धनगढी, कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान थालेका छन् । पाँच महिनाअघि कैयौँ दिन

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु
चितवन, चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले १० घर बगायो, १२ जना बेपत्ता
बागलुङ, जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको
अछाममा श्रीमानद्धारा श्रीमतीको हत्या
अछाम अछाममा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुवरलाई हसिया घाटिमा प्रहार गरेर हत्या गरेको प्रहरीले

