समाचार Archive

नेपाली सेनाको स्काइ ट्रकबाट नेपालगन्ज ल्याइयो पीसीआर परीक्षण किट
कोहलपुर, बाँकेको नेपालगञ्जमा एक हजार थान पीसीआर किट ल्याइएको छ । स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये आज ८ हजार वटा किट देशका विभिन्न प्रयोगशालामा पठाइएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

मलेसियामा थप २५ नेपाली कामदार संक्रमित
काठमाडौँ, मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्नेक्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो

प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने
काठमाडौँ, प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएका थिए । धर्नामा बसेका चिनियाँहरुलाई पक्राउ गर्दै प्रहरी ।
विपन्न परिवारलाई भेरी नगरपालिकाले सुरु गर्यो राहत वितरण
खलंगा, जाजरकोटको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । लक डाउनको कारण समस्यामा परेका विपन्न नगरबासीलाई शुक्रवार देखी राहत वितरण कार्य सुरु गरेको हो । लक डाउन लम्बिदै जाँदा ज्याला मजदुरी

डोल्पामा एक जनाको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ
डाेल्पा, डोल्पामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशक रीता भण्डारीका अनुसार उनी नेपालगञ्जदेखि गाउँ

पाँचौं संक्रमित डिस्चार्ज भएसँगै सुदूरपश्चिम ‘कोरोनामुक्त’
काठमाडौं, कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छन् । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन्

डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो आफ्ना सम्पूर्ण नाका सिल
डोल्पा, डोल्पाको ठुलीभेरी नगरपालिकाले आफनो नगरपालिका प्रशेशमा कडाई गरेको छ । नगरपालिकाले ठूलिभेरिका सबै नाकाहरू अनिश्चित कालका लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको ठूलिभेरि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको

क्वारेन्टाइनमा राखिएका १९ भारतीय फरार
काठमाडाैं, क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् । भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका ७२ जनालाई
समाचारमा नाम जोडिएको प्रति वडाध्यक्ष चौधरीको ध्यानाकर्षण
भालुवाङ , दाङकाे लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले समाचारमा अनाहक आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । गत बैशाख २४ गते तुलसीपुर खवर डट कम अनलाइन पत्रिकाले वडाध्यक्षको नामलाई

वडा नं ८ का ८० घरपरिवारलाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने
नेपालगञ्ज, बाँके निषेधित क्षेत्र घोषणा गरिएको वडालाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने भएकाे छ । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको हाे । नगर प्रमुख

