समाचार Archive

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौ,  विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । चितवन, राप्ती नगरपालिका ११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ,  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई प्रहरीले पक्राउ

भ्रष्टाचारविरुद्ध राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौ,  राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । साथै देशभरका सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

यौन दुर्व्यवहार आरोपमा पक्राउ परे मदन राई

खोटाङ , बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले

नक्कली शरणार्थी प्रकरण : थप २ जना पक्राउ

काठमाडौं । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उपत्यका अपराध अनुसन्धानकाे टाेलीले मंगलबार दुवैजनालाई

अनियन्त्रित ट्रक घरमा ठोक्कियो, ८ जना घाइते

तनहुँ ,  तनहुँमा ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्कियो पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर

पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

काठमाडौँ , पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । नेपालीलाई नक्कली भुटानी