समाचार Archive

बाँकेमा शनिवार थप २० जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका २० जना भने दुई जना बर्दियाका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना र कोहलपुरका चारजनामा

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै
काठमाडौंमा थपिए ५९ जना कोरोना पुष्टि
काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौंसहित उपत्यकाका ३ जिल्लामा ५९ जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै काठमाडौंका ५६ जना रहेका छन् भने भक्तपुर र ललितपुरका ३–३ जनामा कोरोना पुष्टि भएको हो।

आज ३७८ जनामा कोरोना पुष्टि, ४९९ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३७८ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

कोरोना समुदायमै फैलिएपछि बर्दियामा निषेधाज्ञा जारी
बर्दिया, समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

नुवाकोटमा भिरबाट लडेर एक जनाको मृत्यु
नुवाकोट, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए
उपत्यकामा जोखिम बढे पनि भीडभाड घटेन
काठमाडौं, पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको
विप्लव समूहका काभ्रेपलाञ्चोकका नेता लामा पक्राउ
काभ्रे,नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। प्रहरी

शनिबार गण्डकी प्रदेशमा थपिए २४ जना सङ्क्रमित
पर्वत , गण्डकी प्रदेशमा शनिबार ४ जिल्लाका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको कुल सङ्ख्या १६ सय ११ पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.

पर्सामा मेयर र स्वास्थ्य कर्मचारीसहित ५५ जनामा कोरोना पुष्टि
पर्सा, पर्सामा मेयर, नेपाली सेना र स्वास्थ्य ल्यावका कर्मचारीसहित थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर

