देश Archive

नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्तकको संख्या २०

काठमाडौं,  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

एकै दिन ५८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७१७७

काठमाडौं,  नेपालमा आज (वुधबार) एकै दिन अहिलेसम्मकै धेरै ५८६ जना नयाँ कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१०४

सुर्खेत, कर्णालीमा प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १

आजै कुवेतबाट काठमाडौ आइपुगे डेढ सय नेपाली

काठमाडौं, कुवेतमा आममाफीमा सहभागी थप एक सय ५० नेपाली महिला आज (बुधबार) काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकार आफैंले काठमाडौ ल्याई दिएको छ । कुवेतले जजिरा एअरमार्फत आममाफीमा सहभागी नेपालीलाई स्वदेश ल्याई दिइरहेको हो ।

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी निरीक्षणमा

काठमाडौं, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् । भारतले अतिक्रमण

भारत र चीनबीच तनाव : भारतीय सेनामा कार्यरत नेपाली काममा फर्किन थाले

काठमाडौं,  लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच

सीमामा भारतीय नागरिकको ज्यादती : गोठालामाथि कुटपिट

कञ्चनपुर, नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैंसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैंसी भारतीय नागरिकले खोसेर लगेका छन् । सरदार समुदायका भारतीय नागरिकले भैंसी बाँध्ने डोरी र पगडी खोलेर उपाध्यायको हातखुट्टा बाँधेर भैँसी

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४७

पोखरा, गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये पूर्वी नवलपरासीका १८ जना र पर्वतका ३ जना रहेका छन् ।

कार्यालय खुलेको दोस्रो दिनमै साढे आठ लाख घुससहित मालपोतका पाँच कर्मचारी पक्राउ

काठमाडाैँ, सरकारी कार्यालय खुलेको दोस्रो दिनमै डिल्लीबजार मालपोत कार्यालयबाट पाँचजना कर्मचारि पक्राउ परेका छन ।  साढे आठ लाख रुपैयाँ घुससहित पाँचजना कर्मचारी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक

विदेशमा अलपत्र नेपालीलाई सरकारी रकमले फर्काऊ : सर्वोच्च

काठमाडौं, सर्वोच्च अदालतले विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारी रकम खर्चेर उद्धार गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी