पत्रपत्रिका Archive

के होला कात्तिक ४ पछि ?
मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित तोकिएको मितिमा भएन वा पछि सर्यो भने

खड्काका बदमासी छताछुल्ल हुँदै,करोडौ असुलेर ट्यांकरलाई अनुमति
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३

जागिर टिकाउन आमरण अनशन
अस्थायी शिक्षकहरू आमरण अनशनको भरमा शिक्षा ऐन संशोधनसम्बन्धी विधेयक पारित गराउन सफल भएपछि त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले पनि सोही रणनीति अवलम्बन गरेका छन् । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गर्दै केही शिक्षक

यस्ताे छ नेपाली भूमिमा भारतीय बस्ती !
मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७, तारेगामास्थित नेपाल–भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४/पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् । सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार, जनवरीमा नेपाल–भारत संयुक्त टोलीले सीमाक्षेत्रको

प्रहरी संगठनभित्र खैलाबैला ३० बर्षे रडाको,अब एआईजीहरुको अवधि लम्बिने
प्रहरी संगठनभित्र यतिबेला ३० बर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । गृहमन्त्री जनार्दन शर्मासमेत ३० बर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् । ३० बर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी

ट्रायलमा फेल, लाइसेन्समा पास !
सगरमाथा अंचल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायल परीक्षामा आर्थिक चलखेल भएको छ। घुस दिएकाहरु ट्रयालमा फेल भएपनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ। यो खबर सन्तोष यादवले

स्थानीय तहको अधिकार खोसेर सम्बन्धन दिन खोज्दै शिक्षामन्त्री
शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय सरकारको अधिकार खोसेर केन्द्रबाटै प्राविधिक विषयको सम्बन्धन दिन छलफल तीव्र पारेका छन्। शुक्रबार सम्बन्धन दिने प्रयास असफल भएपछि सीटीईभीटी परिषद्को बैठक आइतबार बिहान बोलाइएको छ। शिक्षा मन्त्रालयमा शुक्रबार भएको बैठकमा सम्बन्धन दिन

कसरी संभव छ वाम गठबन्धनकाे नेतृत्व व्यवस्थापन ?
प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका नेताहरूले राजधानीमा चुनावी गठनबन्धन हुँदै पार्टी एकताको प्रक्रिया सुरु भएको घोषणा उत्साहका साथ गरे पनि यसलाई कसरी मूर्त रूप दिने भन्ने विषय निकै

संघीय समाजवादी फोरम कुनै गठबन्धनमा नबस्ने
सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग दालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको

मेलम्चीको पानी चैतमा ल्याउने आयोजनाको दाबी
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको खबर आजको कान्तिपुरमा छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ । आयोजनाका उपनिर्देशक रमाकान्त