पत्रपत्रिका Archive
भारतीय सुरक्षाकर्मीद्धारा कल्भर्ट निर्माणमा रोक
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार
नेपालगञ्ज, भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो ।रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार

भेनेजुयलामा प्रतिपक्षीद्वारा निर्वाचन बहिस्कार
एजेन्सी, भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ। व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति

मानव अधिकारको अवस्थामा सुधार भएन : आयोग
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्ष निकालेको छ । आ.व. २०७६/२०७७ मा मानव अधिकारको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्षसहितको वार्षिक प्रतिवेदन आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको
ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो टिकाउ नहुने

डीडीसीको घिउ जापान निर्यात : पाँच सय मेट्रिक टन लाने सम्झौता
दुग्ध विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ । अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक

क्रसर उद्योगीसामु सरकार लाचार
प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्।

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई
काठमाडौं, कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा
भैरहवा ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् । विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै

बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने भएपछि ओली पक्ष दौडधुपमा
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले

