Author Archive

‘नेकपा र सूर्य चिह्न हाम्रै हुन्छ, खोसे भने आँधीहुरी आउँछ’
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न आफ्नै पक्षको हुने जिकिर गरेका छन् । गण्डकी प्रदेश कमिटीको आयोजना गरेको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले आफ्नै पक्षमा

थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो
काठमाडौं,नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।

फ्रान्स, जर्मनी लक्षित अमेरिकी नयाँ करवृद्धि आजदेखि लागू
वासिङ्टन, संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ ।अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
काठमाडौं, वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी
अब प्रधानमन्त्रीले हिन्दीमा बोले भनेर आन्दोलन गर्ने होलान् : गोकुल बाँस्कोटा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ । यसैक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित
चिसोका कारण तराईको जनजीवन कष्टकर
महोत्तरी, विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै
मकवानपुर, बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४

सरकारको मुख्य ‘फोकस’ निर्वाचन : पर्यटनमन्त्री ढकाल
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा

चीनको सुनखानीमा विष्फोट, २२ मजदुरहरु थुनिए
काठमाडौं, चीनको एक सुनखानीमा विष्फोट हुँदा २२ मजदुर खानीमै थुनिएका छन् । उत्तर–पूर्वी सानदोङ प्रान्तमा आइतबार विष्फोट भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ । आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विष्फोटन भएपछि
घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु
तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल

