Author Archive

‘एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन’
काठमाडौं, माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्वाभाविक

निर्वाचनको चार दिनपछि मुगुको मतगणना सुरु
मुगु , प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए ।

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् । देउवाका

लमजुङमा मतान्तर घटाउदै देव गुरुङ, पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि
लमजुङ , एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन्

जाजरकोट १(२) बाट राजीवविक्रम शाह विजयी
जाजरकोट , जाजरकोट क्षेत्र नं १(२) बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन्। नेकपा (माओवादी केन्द्र)को साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी
बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार

गोरखा- २ मा मतान्तर बढाउँदै,पुष्पकमल दाहाल
गोरखा , प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् । १२ हजार ६ सय १५ मत

तनहुँ १ मा रामचन्द्र पौडेललाई पछि पार्दै रानाले लिए अग्रता
तनहुँ, तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई पछि पार्दै एमालेका उम्मेदवार रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । रानाले ३ हजार ३४२ र

चितवन–२ मा रवि लामिछानेको अग्रता सुरु
चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ । यसअघि दोस्रो स्थानमा रहेका उनले मतको अग्रता बढाउँदै पहिलो भएका हुन् । पछिल्लो अपडेट अनुसार लामिछानेले ४ हजार ०७