ललितपुरको डीएभी कलेजमा विद्यार्थीको मृत्यु, छानबिन गर्न क्रान्तिकारीको माग

काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको घटनाप्रति अखिल (क्रान्तिकारी) ले छानबिनको माग गरेको छ ।

संगठनका बागमती प्रदेश संयोजक हस्त विकले एक प्रेस वक्तव्य जारी गर्दै कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी आर्यन सिंहको मृत्यु घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वक्तव्यमा पछिल्लो समय केही शैक्षिक संस्थामा शुल्क असुलीका नाममा विद्यार्थीमाथि मानसिक दबाब, धम्की तथा मानसिक उत्पीडन हुने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संगठनका अनुसार यस्ता परिस्थितिले विद्यार्थीहरूलाई चरम निर्णय लिन बाध्य पार्न सक्ने वातावरण सिर्जना हुनु गम्भीर विषय हो ।

संगठनले घटनाको सत्यतथ्य, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सम्बन्धित निकायसँग माग गर्दै यदि कुनै पक्षको कमजोरी वा मानसिक दबाब प्रमाणित भएमा कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ ।

साथै, शैक्षिक संस्थालाई विद्यार्थीमैत्री र भयमुक्त बनाउन राज्यले तत्काल कदम नचालेमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत दिएको छ ।

यस्तो छ वक्तव्य :