वैज्ञानिक समाजवाद बिना जनताको मुक्ति सम्भव छैन : राजकुमार हिङमाङ
प्रकासित मिति : २०८३ बैशाख ३१, बिहीबार १०:४७
प्रकासित समय : १०:४७
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका राजकुमार हिङमाङले वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जनताको मुक्ति सम्भव नहुने बताउनुभएको छ ।

केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा धारणा राख्दै उहाँले वामपन्थी तथा क्रान्तिकारी शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
हिङमाङका अनुसार वर्तमान राज्य व्यवस्था नै गलत भएकाले सुकुम्बासीहरूको समस्या समाधान हुन नसकेको हो ।
उहाँले जेन-जी आन्दोलनपछि बनेको सरकार जनताको समस्या समाधानतर्फ नभई दमनतर्फ केन्द्रित भएको आरोप लगाउनुभयो । जनताको राज्य व्यवस्था नल्याएसम्म सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,उहाँले भन्नुभयो ।

