विद्यालय भत्काएको घटनाप्रति अखिल (क्रान्तिकारी) को कडा विरोध

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले भक्तपुर र काठमाडौँका दुई सामुदायिक विद्यालयमा संरचना भत्काइएको घटनाप्रति कडा विरोध जनाएको छ।

File photo

संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक हस्त विकले एक वक्तव्य जारी गर्दै मध्यपुर थिमीस्थित सरस्वती आधारभूत विद्यालय र काठमाडौँ महानगरपालिका–१९ बालाजुस्थित बुद्धज्योति बाल उद्यम आधारभूत विद्यालयमा कुनै पूर्वसूचना, वैकल्पिक व्यवस्था वा समन्वय बिना डोजर लगाएर संरचना भत्काइएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

अखिल (क्रान्तिकारी) का अनुसार विद्यालय भत्काउने कार्यले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर परेको छ र सयौँ बालबालिकाको शिक्षा अधिकार प्रभावित भएको छ ।

सरकारको यस्तो कार्यले विद्यार्थीहरूको मनोवैज्ञानिक अवस्थामासमेत नकारात्मक प्रभाव पारेको संगठनले दाबी गरेको छ ।

वक्तव्यमा प्रभावित विद्यार्थीहरूको तत्काल वैकल्पिक व्यवस्थापन गर्न तथा भविष्यमा यस्ता कार्य गर्दा पूर्वतयारी र समन्वय सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।

संगठनले यस्ता गतिविधि दोहोरिएमा कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।

यस्तो छ वक्तव्य :