पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
प्रकासित मिति : २०८३ बैशाख १२, शनिबार ०९:३४
प्रकासित समय : ०९:३४
काठमाडौं । विक्रम पाण्डे पक्राउ परेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का उपाध्यक्षसमेत रहेका पाण्डेलाई सरकारी बोलपत्र (टेनडर) सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच राखी ठेक्का आफ्नो कम्पनीतर्फ मोडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
s
उनीलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो का एआईजी डा. मनोज केसी ले पुष्टि गरेका छन्।
पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालकसमेत हुन्। यसअघि पनि सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०७५ सालमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
पाण्डे २०७९ सालमा सहरी विकास मन्त्री बनेका थिए। हालको घटनाले सार्वजनिक खरिद प्रणालीमा पारदर्शिता र पहुँच दुरुपयोगसम्बन्धी प्रश्नहरू पुनः उठाएको छ।

