ओली–लेखक पक्राउ विवाद अदालतमास् आजै हुन सक्छ महत्वपूर्ण आदेश
प्रकासित मिति : २०८२ चैत्र २२, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार दुवै नेतालाई चैत १४ गते पक्राउ गरिएको थियो। पक्राउलाई गैरकानूनी ठहर गर्दै उनीहरूले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
यसअघि अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरिसकेको र सोहीअनुसार लिखित जवाफ पनि प्राप्त भइसकेकाले आज मुद्दामा दुवै पक्षबीच बहस हुने भएको हो।
आजको सुनुवाइबाट अदालतले पक्राउको वैधानिकता सम्बन्धी महत्वपूर्ण निर्णय दिन सक्ने भएकाले राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।

