माओवादी केन्द्र बारेकोट गाउँपालिकाको अध्यक्षमा : धन बहादुर नेपाली
प्रकासित मिति : २०८१ पुस १७, बुधबार १७:३७
प्रकासित समय : १७:३७
खलंगा, जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बारेकोट गाउँपालिकाको अध्यक्षमा धन बहादुर नेपाली सर्बसम्मत चयन भएका छन् । बुधबार भएको पालिका अधिवेशनले धन बहादुर नेपालीलाई चयन गरेको हो ।

अधिवेशनले नेपालीको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा बसन्त शाही,उपाध्यक्षमा धन बहादुर बोहरा र रतन बिक रहेका छन । त्यस्तै सचिवमा दल बहादुर बुढा सह सचिवमा धुर्वलाल शर्मा र कोषाध्यक्षमा पवित्रा रावत रहेको नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष धन बहादुर नेपालीले जनाएका छन् ।
अध्यक्ष नेपालीले जनता र पार्टीले गरेको विश्वासमा कमि हुन नदिने बताएक छन ।

