लुम्बिनी सरकारका मन्त्री बादसाह कुर्मिलाई बर्खास्त गर्न माग
काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री बादसाह कुर्मीलाई बर्खास्त गर्न माग गरेको छ ।
नेकपा (बहुमत) महाधिवेशन आयोजक समिती सदस्य निर्मल, लुम्बिनी ब्युरो इन्चार्ज तिलक, दाङ्ग जिल्ला इन्चार्ज नरेन्द्र विक, लुम्बिनी प्रदेश जबस फ्याक्सन इन्चार्ज रेखा खनाल लगायतका नेताहरुको टोलिले आईतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
उक्त पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज तिलकद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा निर्मला कुर्मिको वेपत्ता तथा हत्या जस्तो गम्भीर अपराधको मुख्य आरोपि रहेको भन्दैं मन्त्रि कुर्मिलाई तुरुन्त बर्खास्त गरि कार्वाहीको दायरामा ल्याउन समेत माग गरिएको छ ।
त्यस्तै जिल्ला अदालत रुकुमको फैसला बमोजिम प्रदेश सांसद धन बहादुर केसिलाई तुरुन्त सांसदबाट हटाई कानुनी दायरामा ल्याउन समेत नेकपा (बहुमत) ले माग गरेको छ ।
बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित कुर्मी बाँकेको निर्वाचन क्षेत्र नं. ३(२)बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
उनि गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनाबमध्येका एक हुन् ।