शिव परियारको ‘धोकेबाज’ सार्वजनिक

काठमाडौं, गायक शिव परियारको आवाजमा नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ।

रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए।

यही जोडीलाई लिएर तयार पारिएको ‘धोकेबाज’को भिडियो ग्ल्यामर्स बनेको छ। मानकृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।