जाजरकोटमा उपभोक्ता समिती संग कमिसन असुल्ने कर्मचारीलाई कारबाहीको माग

जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटले उपभोक्ता समिती र ठेगदार कम्पनी संग कमिसन असुल्ने कर्मचारीलाई कारबाहीको माग गरेको छ ।

पार्टीका जाजरकोट जिल्ला इन्चार्ज प्रेम चलाउने ‘अनन्त’ र जिल्ला संयोजक हिमाल सिंह सहितका नेताहरुको टोलिले जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

विगत लामो सयम देखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले समाजमा भए गरेका नितिगत विकृति, विसंगतीका विषयमा र भ्रष्टचार सेटिङमा गरिने घुस र अनियमितताका विषयमा जोडदार आवाज उठाउदै आएको उक्त ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

जाजरकोटमा अवस्थित कर्णाली भित्रका जिल्लाहरुलाई हेर्ने गरी स्थापित गरिएको बृहत जलाधार कार्यालयका कर्मचारीहरुले सेटिङमा प्रत्येक योजनाबाट १० प्रतिशतका दरले नगद लिने र आफू नजिक रहेका पसलवाला वा व्यक्तिका खातामा रकम हाल्न लगाएर सम्बन्धीत कर्मचारीले लिने गरेको प्रमाणहरु हाम्रो कार्यालयमा सुरक्षित रहेको बताउदैं उक्त पार्टीले यस्ता सेटिङमा गरिने भ्रष्टचारमा संलग्नलाई कारबाहीको माग गरेको छ ।

त्यस्तै जिल्ला भित्र रहेका भेरीकरीडोर, भौतिक पूर्वाधार, एकीकृत सिचाई विकास कार्यालका केही प्राविधिकहरुले उपभोक्ता समिति र ठेकेदारहरुबाट नगद लिएर अन्तिम बिल उठाउने गरेको जनगुनासो व्यापक रुपमा आएकोले यसमा संलग्नलाई कारबाहीको माग गरेको छ ।

यस्तो छ मागपत्र