शिक्षामन्त्री सुमना श्रेष्ठको ‘टालेको सट’ मा ज्ञानेन्द्र शाहीको कर्के नजर

सस्तो लोकप्रियताका लागि नाटक बढी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले शिक्षामन्त्री समेत रहेकी नेतृ सुमना श्रेष्ठलाई च्यातिएको सट लगाएर नाटक गरेको आरोप लगाएका छन । पछिल्लो चरण रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेपछि उनको निशानामा परेकी छन् शिक्षामन्त्री समेत रहेकी नेतृ सुमना श्रेष्ठ ।

शाहीले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा सुमनाको पहिरनमाथि प्रश्न उठाएका थिए । मन्त्री पदमा रहेको व्यक्तिले कलेजका विद्यार्थी जस्तो उत्ताउलो पोशाक लगाएर हिँड्नु अशोभनिय भएको उनको टिप्पणी थियो । शाहीले सकेसम्म नेपाली महिलाको राष्ट्रिय पोशाक नभए आफ्नै नेवारी समुदायको सांस्कृतिक पोशाक लगाउन सुझाव दिए ।

शाहीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चित भयो । कसैले उनको भनाइमा समर्थन गरे भने कसैले आलोचना गरे ।
यसैबीच सुमनाको एउटा तस्विर सामाजिक सञ्जालमा हिजो भाइरल भयो । तस्विरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्विरलाई लिएर समर्थकहरूले उनको ‘सादगीपन’ को प्रशंसा गरेका छन् भने आलोचकहरूले ढोंग देखाएको आरोप लगाएका छन् ।

शाहीले आज बिहानै फेसकुबमा स्टाटस लेख्दै सुमनामाथि कडा टिप्पणी गरेका छन् । सुमनाले सस्तो लोकप्रियताका लागि नाटक गरेको उनको आरोप छ ।

शाहीले लेखेका छन्ः

‘सस्तो लोकपिरियताको लागि कति नाटक गर्छौ?अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि( फेरि गाडी चढ्ने सक्ने र एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, काठमाडौंको ५ स्टार होट्लमा बिदेशी श्रीमान सँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा (सझा जनता लाई उल्लु बनाउने ? तिमहिहरु भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’

शाही विगतमा रास्वपा र रवि लामिछानेप्रति सकारात्मक थिए । लामिछानेप्रति आक्रमण तेज हुँदा उनले बचाउ पनि गर्थे । तर रास्वपा अहिले प्रचण्ड सरकारमा सहभागी भएसँगै शाहीको निशानामा रवि र रास्वपा नेताहरू पर्न थालेका हुन् । दुई साताअघि राप्रपाले काठमाडौंमा गरको जनप्रदर्शनका क्रममा प्रहरीसँग शाहीको मुठभेड भएको थियो । प्रहरीले शाहीको लुगा च्यातचुत पारिदिएका थिए । त्यसयता शाही रविविरूद्ध आक्रामकरूपमा खनिएका छन् ।