आरभको त्यो आरम्भ : मनपर्ने कला चित्रकला

मख्ख अभिभावक !

नाम :  आरभ बन्धु थापा
उमेर  : ६
अध्ययन : यूकेजी
बिद्यालय : चेल्सी वर्ल्ड स्कुल अत्तरखेल
रुची : खेल्न, घुम्न चित्र बनाउने ।
मनपर्ने स्थान : बिशेषत पार्कहरु,पशुपति मन्दिर क्षेत्र ।

आइतबार नयाँबानेश्वस्थित एनबी सेन्टरको पहिलो तल्लामा चिटिक्क परेको नेपाली पोशाक दौरा सुरुवाल लगाएर दैलेख भगवतीमाइ मनघरका हाल भक्तपुर लिवाली निवासी आरभ बन्धु थापा व्यस्त देखिन्थे ।

पत्रकार तथा फोटो ग्राफर भरतबन्धु थापाको ६ बर्षिय छोराले आफ्ना साथीहरुसंग कला प्रस्तुत गरिेहेका थिए । यूकेजीमा अध्ययनरत आरभ बन्धुको एकल खुला चित्रकला प्रर्दशनीमा उनका समकक्षीदेखि बिद्यालय र बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले अवलोकन गरिहेका थिए । नयाँबानेश्वस्थित एनबी सेन्टरमा खुला चित्रकला प्रर्दशनी भैरहेको थियो । आरम्भ घरी आमा घरी दर्शकसंग मनपर्ने कला चित्रकला प्रर्दशनीको बयान गरिरहेका थिए ।

चेल्सी वर्ल्ड स्कुल अत्तरखेलमा यूकेजीमा अध्ययनरत ६ वर्षीय आरभ बन्धुले कोरेका सम्पदा तथा प्राकृतिक चित्रकलाहरू अवलोकन गर्न दर्शकहरुको राम्रो उपस्थीति रहेको थियो ।

चेल्सी वर्ल्ड स्कुलको समन्वयमा एनबी सेन्टरको उमोजा कफी नेपालमा एक दिने चित्रकला प्रदर्शनीले अवलोकन कर्ताहरुलाई मन्त्रमुग्ध बनाएको मात्रै थिएन बालबालीकालाई कस्तो शिक्षा दिने भन्ने बिषयमा पनि छलफल चलिरहेको थियो । बिहान ११ बजेदेखि ६ बजेसम्म हुने प्रदर्शनीमा २५ वटा चित्रकला राखिएका छन ।