यी हुन् १९ वर्षीया विश्वकै कान्छी अर्बपति, कति छ सम्पत्ति ?

न्युयोर्क । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् ।

यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३ बर्ष वा सो भन्दा कम छ । तिनीहरूसँग सामूहिक रूपमा ११० बिलियनको सम्पत्ति छ । विश्वकै कान्छी अर्बपति लिभिया भोइग्टले आफूभन्दा दुई महिना जेठी एस्सिलोर लुक्सोटिकाका उत्तराधिकारी क्लेमेन्ट डेल भेचियोलाई पछि पारेकी छन् ।

लिभिया भोइग्टको सम्पत्ति ल्याटिन अमेरिकामा विद्युतीय मोटरहरूको सबैभन्दा ठूलो निर्माता डब्लु एजीको सबैभन्दा ठूलो व्यक्तिगत शेयरधारक मध्ये एक हुन । सो कम्पनीको स्थापना उनका हजुरबुवा वर्नर रिकार्डो भोइग्टले स्वर्गीय अर्बपति एगोन जोआओ दा सिल्भा र गेराल्डो वेर्निङहाउससँग मिलेर गरेका थिए । भोइग्ट हाल ब्राजिलको विश्वविद्यालयमा अध्ययन गर्दैछिन ।

लिभिया भोइग्टको कुल सम्पत्ति १.१ बिलियन डलर छ । उनकी जेठी बहिनी डोरा भोइग्ट डे एसिस पनि २०२४ को सबैभन्दा कान्छो अरबपतिहरूको सूचीमा सात नयाँ अनुहारहरूमध्ये एक हुन् ।