लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री नियुक्त

रुपन्देही, माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । आज (शुक्रबार) एमालेलगायत दलहरूको समर्थनमा महराले सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेस गरेका थिए ।

त्यसपछि प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । महराले एमाले, जसपा, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ४८ जना सांसदको समर्थनसहित सरकार बनाउने दाबी पेस गरेका थिए ।

महरा कांग्रेसका डिल्लीबहादुर चौधरीको सरकार ढलेपछि मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि सो गठबन्धनअनुसार मुख्यमन्त्री बन्ने महरा पहिलो बनेका छन् । महराले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।