हुम्लामा जीप दुर्घटना : दुईको मृत्यु, पाँच जना घाइते

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन् ।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । मृतक र घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ ।