बाँकेको हवल्दारपुरमा गरियो बृहत सरसफाई कार्यक्रम

कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं १४ को हवल्दारपुर बजारमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ ।

हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले ज्ञानोदय सामुदायिक पुस्तकालयको विशेष पहलमा कोहलपुर नगरपालिका नगर प्रहरी लगायत स्थानीय संघसंस्थाको समन्वयम कार्यक्रम गरिदै आएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं १४ का वडाध्यक्ष नम बहादुर आलेले कार्यक्रम चेतनामूलक भएको र यसमा स्थानीय बासिको अहम भूमिका हुनुपर्नेमा जोड दिए । अहिले नगरे कहिले गर्ने अहिले नगरे कहिले गर्ने स्थानीय सरकार हातमा हात मिलाउन तयार रहेको जानकारी दिदै आगामी दिनमा सबैको सहभागी हुने र सरसफाइ गरिएको स्थान हरेक शनिबार स्वस्फुर्त रुपमा निरन्तर दिन हवल्दारपुरबासि उक्त कार्यक्रममा बोल्दै राम माध्यमिक विद्यालयका प्रधानाध्यापक जियेन्द्रदेव यादवले सामाजिक कार्यलाई निरन्तरता दिने वताए । यो चेतनामुलक का भएकोले आम समुदायले अपन्त्व लिएर काम गर्न अनुरोध गरे ।


सरसफाइ कार्यक्रममा कोहलपुर नगर प्रहरीका असै दान बहादुर चन्द वीर बहादुर थापा, राम माध्यमिक विद्यालयका का प्र अ जितेन्द्र यादव, प्रेस युनियन बांकेका अध्यक्ष पृया स्मृति ढकाल लगायतको धेरै संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थित रहेको थियो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका उपाध्यक्ष मणि गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।

आयोजक संस्थाहरुमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र दिगो कृषि सहकारी संस्था लि., १४ नं. वडा कार्यालय, कोहलपुर, बाँके, प्रतिभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि., सम्शेरगन्ज खानेपानी तथा सरसफाई उपभोक्ता समिति, नगर प्रहरी, कोहलपुर,लुमन्ती (आवासको लागि सहयोग समूह ), त्रिवेणी विकास समाज, हवल्दापुर, बाँके, ‘हवल्दारपुर कृषि हाटबजार संचालक समिति श्री राम माध्यमिक विद्यालय, जनहित त्रिवेणी कृषि सहकारी संस्था लिको समन्वय रहेको थियो ।

यस् अघि प्रथम शृङ्खला कोहलपुर नगरपालिकाको वडा नं १२ को चपर्गौडी बजार, दोस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं ३ र ४ को मदनचोकमा सम्पन्न गरिए थियो । यो तेस्रो शृङ्खला भएको शर्माले जानकारी दिए ।