सरकार निजी शिक्षाका मालिकहरुको प्रभावमा पर्यो : मिलन राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रिय संयोजक मिलन राईले सरकार निजी शिक्षाका मालिकहरुको प्रभामा परेको आरोप लगाएका छन् ।

संसदमा प्रस्तावित शिक्षा विधेयकको विरुद्ध काठमाडौंको माईतिघरमा अखिल (क्रान्तिकारी) द्धारा सोमबार आयोजित विरोध कार्यक्रमलाई संबोधन गर्दै उनले सरकार निजी शिक्षाका मालिकहरुको प्रभावमा परेको आरोप लगाए । साथै उनले शिक्षामा निजिकरण र व्यापारीकरण कुनैपनि बहानामा आफुहरुलाई स्विकार्य नहुँने बताए ।

संसदमा प्रस्तावित शिक्षा विधेयकको विरुद्ध काठमाडौंको माईतिघरमा अखिल (क्रान्तिकारी) द्धारा सोमबार आयोजित विरोध कार्यक्रमलाई संबोधन गर्दै उनले शिक्षामा निजिकरण र व्यापारीकरण कुनैपनि बहानामा आफुहरुलाई स्विकार्य नहुँने बताए ।

निजि शिक्षामा लगानी गर्ने ठुला मालिकहरुको प्रभावमा परेर सरकारले निजीकरण र व्यापारीकरणलाई पक्षपोषण गर्ने पश्चगामी, प्रतिगामी र जनबिरोधी शिक्षा बिधेयक संसदमा पेस गरिएको आरोप लगाए ।

संसदमा प्रस्तावित उक्त पश्चगामी शिक्षा विधेयक फिर्ता लिन समेत उनले माग गरेका छन् । साथै सरकारले उक्त विधेयक फिर्ता नलिएमा देशव्यापी आन्दोलनको आधिबेहेरी शिर्जना गर्ने समेत सरकारलाई चेतावनी दिए ।

उक्त संगठनले काठमाडौंको सिंहदरबार स्थित मुख्य गेटमै उक्त शिक्षा बिधेयकलाई जलाएको छ । उक्त कार्यक्रमबाट चार जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ।

संगठनले देशव्यापी रुपमा शिक्षा विधेयक बिरुद्ध विधेयक जलाउने देखि, मसाल जुलस, मन्त्री र सांसदहरुले लगानी रहेको विद्यालयमा कालो ब्यानर हान्ने, प्रदर्शन गर्ने, तालाबन्दी गर्ने लगायतका देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।